दफा ३२
महसुल निर्धारण गर्ने आधार
(१) आयोगले खानेपानी तथा सरसफाइ सेवाको महसुल निर्धारण गर्दा सेवा सञ्चालनको लागत, उपभोक्ता मूल्य सूचीको परिवर्तन, खानेपानी तथा सरसफाइ सेवाको सम्बन्धमा नेपाल सरकारको (नीति, विदेशी मुद्राको विनिमय दर तथा हास कट्टी समेतको आधारमा गर्नेछ ।
(२) उपदफा (१) बमोजिमको आधारमा महसुल निर्धारण गर्दा आयोगले उपभोक्ताको: बृहत्तर हितलाई ध्यानमा राखी पानीको गुणस्तर, उपभोक्ताको क्रयशक्ति तथा सेवाको स्तर समेतलाई विचार गर्नु पर्नेछ ।
(३) महसुल निर्धारण सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।